Logo

शिविरमा सय भन्दा बढिको मोतियाबिन्दु अपरेशन



कौरव खत्रीः गुल्मी २५ भाद्र । गल्मीको वामीमा सञ्चालन भएको तिन दिने निःशुल्क स्वास्थ्य शिविरमा बढि मात्रामा आँखाका विरामीहरुको मोतियाबिन्दुको अपरेशन गरिएको छ ।

गत बुधवारदेखि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १ सय, ७ जनाको आँखाको मोतियाविन्दुको अप्रेसन गरिएको शिविरका व्यवस्थापक नबिन कक्षापतिले जानकारी दिनुभयो ।

मसिकोट नगरपालिका ७ वामीको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविर ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुृरी एग्रिकल्चर एड एसोसिएसन के.ए.ए.ए.को संयुक्त रुपमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ८ जना विशेषज्ञ डाक्टर सहित २५ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा लगायत दाँत,स्त्री रोगको समेत शिविरमा स्वास्थ्य परिक्षण तथा औषधी उपचार गरिएको व्यवस्थापक कक्षापतिले जानकारी दिनुभयो ।

आफ्नो घरनजिकै स्वास्थ्य शिविर सञ्चालन भएपछि गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्गका विभिन्न स्थानबाट आएका हजारौ आँखा दाँत र स्त्री रोग लगायतका विरामीहरुलाई स्वास्थ्य परिक्षण तथा औषधी उपचारबाट लाभान्वित भएका छन् । तस्बिरः कौरव खत्री



प्रतिक्रिया दिनुहोस्