Logo

प्रेम प्रकाश ओलीको दशैं गीत सार्वजनिक



काठमाडौं, २५ भदौ । राजन श्रेष्ठको शब्द र चर्चित संगीतकार बीबी अनुरागिको संगीतमा गायक प्रेम प्रकाश ओलीको ‘परदेशी मन’ गीति भिडियो सार्वजनिक भएको छ।

रमेश संग्रौलाको छायांकन तथा निर्देशन रहेको भिडियोलाइ सुरेश राउतले सम्पादन गरेका हुन् । सृष्टि र गायक स्वयमको अभिनय रहेको गीति भिडियोमा परदेशिएकाहरुको भावनामा आधारित गीतका शब्द अनुरुपको दृश्य समेट्ने प्रयास गरिएको छ।

संगीतकार स्वयम्को संगीत संयोजन रहेको‘पल पल मुटु जलाई परदेशमा बाँचेको छु’बोलको गीतलाइ बिन्दबासिनी म्युजिक प्रा लिले बजार ब्यबस्थापन गरेको छ।

भिडियो हेर्नुहोस।



प्रतिक्रिया दिनुहोस्