Logo

भदौ ३१ गते ‘अमर विरही एकल साँझ’ सम्पन्न हुन्छ: अध्यक्ष पंगेनी



काठमाडौं, २६ भदौ । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल को १६ औं बार्षिक साधरण सभा नवल परासिको बर्दघाटमा सम्पन्न भएको छ। १६ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सुचना तथा सञ्चारमी मोहन बस्नेतले आफ्नो कार्यकालभरि लोक तथा दोहोरी गीत प्रतिष्ठानको मासिक भाडा आफुले तिरिदिने वचन दिएका छन् ।

नेपाली लोक संस्कृतिको संरक्षण सम्वर्दनका निम्ति महत्वपूर्ण योग्दान दिदै आएको प्रतिष्ठानको निजि भवन नभएको अवस्थामा मन्त्री बस्नेतले यस्तो प्रतिवद्धता जायर गरेका छन् ।

रिपोर्टर्स नेपालसँगको कुराकानिमा प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले भने,‘१६ वार्षिकोत्सवको अवसरमा साथ दिने पुर्व अध्यक्ष ज्युहरु निवर्तमान अध्यक्ष संस्थापक तथा पुर्व पदाधिकारी सल्लाहकार,आजीवन सदस्य तथा सम्पुर्ण प्रतिनिधि, विशेष गरि नवलपरासी जिल्ला कार्यसमिति लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’

साधरण सभाले प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ एकल साझ सम्पन्न गर्ने निर्णय समेत गरेको छ । भदौ ३१ गते दिउसो २ बजेदेखि सुरु हुने उक्र कार्यक्रममा वरिष्ट लोक तथा दोहोरी गायक गुरुङले गायक र रुचाइएका गीतहरु प्रस्तुत हुने प्रतिष्ठान अध्यक्ष बद्री पंगेनीले जानकारी दिएका छन् ।

प्रतिष्ठानको १६ औँ वार्षिकोत्सवमा आर्थिक, सांगठनिक प्रतिवेदनहरु पास भएका छन् भने, कलाकार कुमार बस्नेतलाई , ५५हजार ५ सय ५५ रुपैयाँ नगद सहित ताम्रपत्रबाट सम्मान गरिएको छ।

त्यस्तै गरि देवि अर्याललाई १५ हजार र शोभा त्रिपाठीलाई १५ नगद सहित ताम्रपत्रबाट सम्मान गरिएको अध्यक्ष पंगेनीले जानकारि दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्