Logo

च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट, बार्सिलोना र युभेन्टस आजै भिड्ने



काठमाडौं, २७ भदौ । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका सुरुवाती आठ खेल हुनेछन् । आज राति दावेदारहरु बार्सिलोना र युभेन्टस भिड्ने छन् ।

स्पेनिस क्लब बार्सिलोनाको मैदानमा हुने यो खेल ईटालीयन टोली युभेन्टस्का लागि निकै कठिन हुने अनुमान गरिएको छ । यही समूहको अर्को खेलमा ग्रिसको ओलम्पियाकोसले पोर्चुगलको स्पोर्टिङ लिस्बनसँग खेल्नेछ ।

आजै राति समूह ‘ए’का खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको एफसी बाजलसँग खेल्दा पोर्चुगलको बेनिफिका र रुसको सिएसकेए मस्को भिड्नेछन् ।

समूह ‘बी’को खेलमा जर्मन क्लब बार्यन म्युनिखले बेल्जियमको एण्डरलेच्टसँग खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीले स्कटल्याण्डको सेल्टिकको सामना गर्नेछ ।

समूह ‘सी’का खेलहरुमा इङ्लिस क्लब चेल्सि र काजखस्तानको एफके कारावाग आमने–सामने हुँदा ईटालीको एएस रोमाले स्पेनको एथ्लेटिको म्याड्रिडसँग खेल्नेछ । च्याम्पियन्स लिग समूह चरणका बाँकी आठ खेल भोलि राती हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्