Logo

यू-१९ एसिया कप छनौट : नेपालको सानदार जित, भूटान ९ विकेटले पराजित



काठमाडौँ, २८ भदौ । मलेसियामा जारी यू-१९ एसिया कप छनौट क्रिकेट प्रतियोगितामा नेपाल ९ विकेटले विजयी भएको छ।

भुटानले दिएको ५१ रनको लक्ष्य पाएको नेपालले ८ ओभर ३ बलमा एक विकेट गुमाउँदै पूरा गरेको हो। नेपालको जितका लागि सन्दिप सुनारले २६ बलमा २१ रन, आशिफ शेखले २१ बलमा २३ रन तथा अनिल कुमार शाहले ५ बलमा ४ रन बनाए।

पहिले टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमाएको थियो। नेपालका दिपेन्द्र सिंह ऐरीले ५, सन्दिप लामिछानेले ४ र नन्दन यादवले एक विकेट लिए।

दिपेन्द्रले ९ औँ ओभरमा २ र १९ औँ ओभरमा २ तथा २१ औँ ओभरमा १ विकेट लिए । समूह ‘ए’ मा रहेको नेपालले उद्घाटन खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले हराएको थियो।



प्रतिक्रिया दिनुहोस्