Logo

एसीसी यू–१९ क्रिकेट : नेपालले आज सिंगापुरसँग खेल्दै



काठमाडौं, २९ भदौ । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा आज नेपालले सिंगापुरको सामना गर्दैछ ।

लगातार दुई जित हात पार्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरिसकेको नेपाल आजको खेल जित्दै समुह विजेता बन्ने दाउमा छ ।उता सिंगापुर पनि समुहका सुरुवाती दुई खेल जित्दै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपाल र सिंगापुर दुबै टोलीको ४÷४ अंक भएपनि नेट रनरेटका आधारमा नेपाल पहिलो तथा सिंगापुर दोस्रो स्थानमा रहेको छ ।प्रतियोगिताको पहिलो खेलमा थाईल्याण्डलाई दुई सय ५५ रनले हराएको नेपालले दोस्रो खेलमा हिजो भुटानलाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाको किन्रारा ओभल मैदानमा भुटानले दिएको ५१ रनको चुनौती नेपालले ८ ओभर ३ बलमा १ विकेटको क्षतिमा पूरा ग¥यो ।नेपालका लागि आशिफ शेखले अविजित २३ रन जोड्दा अर्का सुरुवाती ब्याट्सम्यान सन्दिप सुनारले २१ रनको योगदान दिए ।

८ राष्ट्र सहभागी एसीसी युथ नाइन्टिन क्रिकेट पुर्वी क्षेत्रको छनोटको समुह ए मा नेपालसँगै थाईल्याण्ड, भुटान र सिंगापुर तथा समुह बी मा आयोजक मलेसियासँगै हङकङ, चिन र म्यानमार रहेका छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्