Logo

एसीसी यू १९ इस्टर्न रिजन: सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल विजयी



काठमाडौँ, २९ भदौ । मलेसियामा बिहीबार भएको एसीसी यू १९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले दिएको ६८ रनको लक्ष्यलाई नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । जसमा नेपालका सन्दिप सुनारले २०, अनिलकुमार शाहले १८, अशिफ शेखले ६ रनमा आउट हुँदा अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।

सिंगापुरका लागि भने सिद्धान्तले २० रन र रंगाराजनले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।



प्रतिक्रिया दिनुहोस्