Logo

मन्त्री केसीद्धारा गोजु–काई ग्लोबल च्याम्पियनसीपमा भाग लिने खेलाडीहरुको विदाई (फोटोफिचर)



काठमाडौं, २९ भदौ । खेलकुदमन्त्री राजन केसीले यही सेप्टेम्बर २८ गतेदेखि अक्टोबर १ तारिखसम्म क्यानडा कराँते–डो गोजु–काई एशोसियसनको आयोजनामा रिचमोण्ड बि.सी.मा हुने सातौं कराँते डो गोजु–काई ग्लोबल च्याम्पियनसीपमा सहभागी हुने नेपाली खेलाडाीहरुलाई आज विदाई गरेका छन् ।

बिहीबार काठमाडौंको सिंहदरबारस्थित् उर्जा मन्त्रालयको सभा हलमा आयोजित एक कार्यक्रमा खेलकुदमन्त्री केसीले खेलाडीहरुलाई विदाई गरेका हुन् । नेपालबाट अफिसियल तथा खेलाडी सम्मिलित पाँच जनाको एक टोलीलाई उनले विदाई गरेका हुन् ।

नेपालबाट सहभागी हुनेहरुमा अशोक कुमार पाण्डे (टिम मेनेजर), जनार्दन उप्रेती (अफिसियल) ईन्द्र बहादुर शाही खड्गे(रेफ्री), श्यामकृष्ण बाटा(कोच) र अच्युत राज उप्रेती (खेलाडी) छन् ।

कार्यक्रममा खेलकुदमन्त्री केसीले खेलाडीहरुले आफ्नै लगानीमा विदेशमा गएर देशलाई चिनाउनेजस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरे । त्यस्तै उनले यस्तो किसिमको कायभार गर्दा नेपाल सरकारलाई जानकारी गराउन अनुरोध समेत गरे ।

उनले खेलाडीहरुलई पदक लिएर आउन समेत आग्रह गरे । उनले भने,‘हामी तपाईहरुलाई दुबोको माला लिएर एयरपोर्टमा स्वागत गर्न आँतुर छौं।’ उनले समग्र खेलकुद क्षेत्रको विकासको लागि सरकार चिन्तित भएको समेत धारणा राखे ।

नेपालको सगरमाथा सम्झेर प्रतियोगितामा प्रतिष्पर्धामा उत्रिनको लागि पनि उनले आग्रह गरे ।
तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्