Logo

डेम्बेलेबारे मेसीको प्रतिक्रिया : उनको खेलबाट म निकै प्रभावित भएँ



काठमाडौं, ३० भदौ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले भर्खरै क्लब भित्रिएका उसमान डेम्बेको हौसला बढाउन नेइमारबारे कुरा गरेका छन् ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० गोलले हराएको थियो । खेलमा डेम्बेलेले केही राम्रा गोल गर्ने अवसर गुमाएका थिए । यस्तोमा खेलपछि मेस्सीले डेम्बेलेको हौसला बढाउन नेइमारले पनि सुरुमा बार्सिलोनाको खेल बुझेर राम्रो प्रदर्शन गर्न समय लगाएको बताएका थिए । मेस्सीले डेम्बेलेको खेलबट आफू प्रभावित भएको प्रतिक्रिया पनि दिएका थिए ।

नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड उसमान डेम्बेलेलाई अनुबन्ध गरेको हो । बार्सिलोनाले डेम्बेलेलाई ९ करोड ६८ लाख पाउण्डमा अनुबन्ध गरेको हो ।

यो रकम १३ करोड ५५ लाख पाउण्डसम्म पुग्नेछ । उनी विश्वका दोस्रो महंगा खेलाडीका रुपमा बार्सिलोना भित्रिएका थिए । २० वर्षका फ्रान्सेली खेलाडी डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको छ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्