Logo

अक्षयकोषमा रु एक करोड २० लाख भन्दा बढी संकलन



पोखरा, ३० भदौ । सहारा क्लब पोखराद्वारा स्थापित सहारा एकेडेमीको अक्षयकोषमा आजसम्म एक करोड २० लाख २९ हजार २८१ रुपैयाँ संकलन भएको छ ।

अनाथ, असहाय र कठीन अवस्थामा रहेका बालबालिकालाई निःशुल्क आधारभूत शिक्षा र सक्षम राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सो अक्षयकोष स्थापना गरिएको हो ।
सो एकेडेमीमा हाल १६ जिल्लाका २८ जना बालबालिक बस्दै आएका छन् । डेढ वर्षभित्रमा सो अक्षयकोषमा रु .दुई करोड बढी पु¥याउने लक्ष राखिएको क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष आचार्यले आजै आफनो तर्पmबाट अक्षयकोषमा जम्मा गर्न रु ५५ हजार ५५५ क्लबका कोषाध्यक्ष विश्वराज बराललाई हस्तान्तरण गर्नुभयो ।

यसैबीच आजै पोखरा निवासी दिनेश श्रेष्ठ, दिलीपराज श्रेष्ठ र दीपक श्रेष्ठले आफ्ना स्व पिता आनन्दराज श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गर्न रु दुई लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्