Logo

नेपाल एसिया कपमा छानियो



काठमाडौं, ३१ भदौ  । एसीसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत् पूर्वी क्षेत्रको छनोटअन्तर्गत्को सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ ।

मलेसियामा जारी छनोट प्रतियोगिताको सेमिफाइनलमा शनिबार घरेलु टोलीलाई फराकिलो अन्तरले हराएर फाइनलमा पुगेसँगै नेपाल एसीसी यु–१९ एसिया कपका लागि छनोट भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले प्रस्तुत् गरेको १२२ रनको विजयी लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा बिनाकुनै विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि ओपनर सन्दीप सुनार र आसिफ शेख दुबैले अर्धशतक पूरा गरे । ७७ बल खेलेका सन्दीपले ८ चौकाको मद्दतमा ५१ रन जोड्दा आसिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ६५ बलमा ५० रन बनाए ।

खेलमा टस जितेर पहिले बलिङ गरेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा अल आउट गरेको थियो । राम्रो सुरुआत गरेको मलेसियालाई सामान्य योगफलमा सीमित गर्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए ।

पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्