Logo

स्थानीय तहका कार्यालयहरु अपाङ्गमैत्री बनाउन सरोकारवालाहरुको जोड



कौरव खत्रीः गुल्मी ०१ अश्विन । राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चलको आयोजनामा अपाङ्ग अधिकार सम्बन्धि महासन्धि २००६ विषयक दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

त्यस्तै तालिममा सहभागि भएका अधिकांश अपाङ्गता भएका प्रतिनिधिहरुले तालिम प्रभावकारी भएको भन्दै जिल्लाका सबै स्थानीय तह र नगरपालिकामा निर्माण हुने कार्यालयहरु अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

जिल्लामा बनेका कतिपय कार्यालय तथा भवनहरु अपाङ्गमैत्री नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा काम काज गर्न निकै समस्या भएको तालिममा सहभागि अपाङ्ग भिमप्रसाद पोखरेलले गुनासो गनु भयो ।

अब बन्ने सबै कार्यालयका भवनहरु अपाङ्गमैत्री भवन बनाउन सबै कार्यालयहरुमा पहल गर्न अपाङ्ग व्यक्तिहरु र सरोकारवाला सघ संस्थाहरुले सहयोग गर्न आग्रह गरेका थिए ।

सदरमुकाम तम्घासमा हिजोबाट शुरु भएको तालिममा अपाङ्गतासँग सम्वन्धित शिक्षा,रोजगार,अबरोध,अपाङ्गमैत्री बातावारण साथै अपाङ्गताको निति नियमको व्यवस्था, बर्गीकरण, जनचेतना लगायतका विषयमा प्रशिक्षकहरु राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल र सावित्रा घिमिरे,मनोज पगेनी,सुरेश खत्री शिला घिमिरेले तालिमको सहजिकरण गनुभएको थियो ।

तालिममा सहभागि आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले जिल्लामा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले राम्रोसँग पढ्नमा समस्या रहेको भन्दै परिचय पत्र वितरणमा समेत केही समस्या रहेको भन्दै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यस्तै तालिमको समापन समारोहमा बौद्धिक अपाङ्ग संघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेल मानव अधिकारकर्मी पदम पाण्डे, अपाङ्गका संरक्षणकर्ता अमृता भण्डारी सञ्चारकर्मी कौरव खत्री लगायतले समग्र जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको बर्तमान अवस्था र अझैपनि अपाङ्गताको प्रकृति फरक फरक हुदा कतिपय बालबालिकाहरुलाई पठनपाठनमा विद्यालयहरुमा थुप्रै थप समस्यामुलक रहेको र अपाङ्गमैत्री भवन नहदा अपाङ्गता भएका व्यक्तिहरुलाई थप समस्या भएको कुरा औल्याउदै आ–आफ्नो धारणा राखेका थिए ।

तालिममा जिल्लामा अपाङ्गताको क्षेत्रमा क्रियाशिल भई काम गदै आइरहेका ७ गै्रर संघसस्थाहरुका करिव २५ जना अपाङ्ग प्रतिनिधि एवं संरक्षणकर्ताहरुको सहभागिता रहेको थियो ।

तस्बिर कौरव खत्री



प्रतिक्रिया दिनुहोस्