Logo

माल्टालीहरुको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



काठमाडौं, १ असोज । राजधानीमा बसोवास गर्दै आएका संखुवासभा खाँदबारी नगरपालिका ५ माल्टाटालीबासीहरुले दशैं, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन ।

छवि नेपालको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको सौजन्य सुट बैंक एण्ड फेशन डिजाईन पुतली सडकले गरेको थियो । कार्यक्रम संयोजक बर्दी घिमिरेले खाँदाबारी नगरपालिका र माल्टाबासीको विकासको लागि आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिवनाथ पोखरेलले माल्टाबासिहरु संसारको जुनसुकै कुनामा पुगेपनि माल्टाको मौलिख, साँस्कृति र सामाजिक ऐतिहासिकतालाई भुल्न नहुनेमा जोड दिए। ]\

रिापोर्टर्स क्लबमा आयोजना गरेको कार्यक्रममा योगराज खतिवडा, देवि निरौला, कल्याण निरौलाले शुभकामना मन्तव्य राखेका थिए । भोजराज शिवाले कार्यक्रम सञ्चालन गरेका थिए।

तस्बिर – पवन भट्टराई

 



प्रतिक्रिया दिनुहोस्