Logo

एएफसी यु–१६ च्याम्पियनसिप छनोट, नेपाल र इराक भिड्दै



काठमाडौं, ३ असोज । बुधबारदेखि एएफसी यु–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक नेपालसहित भारत, इराक र प्यालेस्टाइन सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ को एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा बुधबार भारत र प्यालेस्टाइन भिड्नेछन् । यस्तै, अर्को खेलमा नेपालले कठिन प्रतिद्धन्द्धी इराकसँग खेल्नेछ ।

नेपाल र इराकबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । यसैबीच, खेलपूर्व मंगलबार भएको पत्रकार सम्मेलनमा सबै टोलीका प्रशिक्षक तथा कप्तानले समूहमा शीर्ष स्थान हासिल गर्दै आफ्नो टोली दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले गत महिना घरेलु मैदानमा साफ च्याम्पियनसिप खेलेको अनुभव यो प्रतियोगिताका लागि निकै महत्वपूर्ण हुने बताए ।

उनले प्रतिस्पर्धीहरु बलिया भएपनि गल्ती सुधारेर खेल्नसके नेपालको दोस्रो चरण छनोटको सम्भावना रहको बताए । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्नेछ भने तेस्रो तथा समूहको अन्तिम खेलमा आइतबार प्यालेस्टाइनसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्