Logo

स्पेनिस ला लिगा फुटबल, रियल मड्रिड बेटिससँग १–० ले पराजित



काठमाडौं, ५ असोज । स्पेनिस ला लिगा फुटबलमा बुधबार राती भएको खेलमा रियल मड्रिड पराजित भएको छ ।यो सिजन खराव प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिड गएराति भएको खेलमा बेटिससँग १–० ले पराजित भयो ।

घरेलु मैदान बर्नाबेउमा भएको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा बेटिसका २१ वर्षे खेलाडी सानाब्रयाले गोल गर्दै रियल मड्रिडलाई पराजित गरेका हुन् ।घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेको थिएन ।

रोनाल्डोसहित रियल मड्रिडका खेलाडीले २७ पटक गोल गर्ने मौका बनाएका थिए । तर गोल गर्न नसकेपछि रियल बेटिससँग हार्न बाध्य भयो ।हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला–लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा सात अंकले पछि परेको छ ।

रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको १५ अंक छ ।लिगअन्तर्गत गएराति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २-१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा लास पालमसलाई १-० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ ।यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १-० ले हरायो भने लेगानेस र गिरोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।



प्रतिक्रिया दिनुहोस्