Logo

‘उकाली ओराली’ नामक गीति एल्बम बजारमा



काठमाडौँ, ६ असोज। गीतकार ईश्वर श्रेष्ठको ‘उकाली ओराली’ गीति एल्बम बजारमा आएको छ । गायक रामकृष्ण ढकाल, राजेश पायल राई, स्वरुपराज आचार्य लगायत नौजनाले स्वर रहेको उक्त एल्बममा देशभक्ति, लोक, आधुनिक र पप गीतहरु समावेस गरिएका छन् ।

समाजसेवी चम्पा श्रेष्ठले निर्माण गरेको एल्बममा सातवटा गीत समावेस गरिएको छ भने संगीतकार दीपक शर्माले सगरेका छन् । बिहीबार यहाँ आयोजित कार्यक्रममा साहित्यकार राजेन्द्र थापाले एल्बमको विमोचन गर्दै मुलुकमा आर्थिक रुपान्तरण गरी समाजलाई अग्रगतितर्फ उन्मुख गराउन अब स्रष्टाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एल्बममा राष्ट्रियता र सामाजिक विषयवस्तुलाई प्राथमिकतामा राखिएको विचार व्यक्त गर्दै यसले देशको राष्ट्रियता सुदृढीकरणमा सहयोग पु¥याउने विशवास व्यक्त गरे ।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले ग्रामीण परिवेशका संस्कृतिका साथै माया पिरतीका भावनालाई समेत समेटिएकाले गीति संग्रहले सबै बस्तीका स्रोताको मन जित्ने बताए ।



प्रतिक्रिया दिनुहोस्