Logo

छोटो चोलीमा यस्तो देखिन् प्रियंका



काठमाडौं, ६ असोज । कार्तिक १७ गतेलाई प्रदर्शन मिति तय गरिएको वर्षको प्रतिक्षीत चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ ।‘आई एम सरी’ बोलको गीतले युट्युबमा २० लाख भ्यू पाएको अवसर पारेर बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्ममा समावेश ‘चोली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

अलचित्रमा प्रियंका र सौगातका अलावा कामेश्वर चौरासिया,रविन्द्र झा,अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ।गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको छ ।



प्रतिक्रिया दिनुहोस्