Logo

सार्थक डिजिटलको दशैं गीत सार्वजनिक



काठमाडौं, ६ असोज । सार्थक डिजिटलको प्रस्तुति तथा कल्पना चन्दको ‘यसपाली दशैंमा आउ है फर्केर’ बोलको गीत बजारमा आएको छ ।
सार्थक डिजिटलले बजारमा व्यबस्थापन गरेको उक्त गीतको शब्द कल्पना चन्दले रचना गरेकी हुन ।

त्यस्तै सुन्दर लय निमार्ण प्रेमसिँह ठकुरीले गरेका हुन । ‘यसपालीको दशैंमा आउ है फर्केर’ बोलको गीतमा चर्चित गायिका टिका पुन र गणेशसिँह ठकुरीको स्वर रहेको छ ।

प्रविण थापाको निर्देशन रहेको उक्त गीतलाई शक्ति प्रज्वल घिमिरेले छायांकन तथा सम्पादन गरेका छन् । चर्चित मोडल मन्जिता केसीलाई अभिनयमा दिपकले साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्