Logo

चलचित्र‘सकस’मा समाहित गीत सार्वजनिक



काठमाडौं, ७ असोज । आगामी कार्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘सकस’को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक भएको ट्रेलरले दर्शकको मन जितिरहेको अवस्थामा निर्माण पक्षले नेपालीहरुको महान पर्व विजयादशैंको अवसर पारेर चलचित्रमा ‘विस्तारै विस्तारै’ बोलको गीत सार्वजनिक गरेको हो ।

शहदेब ढुङ्गानाको शब्द रचना, चेतन सापकोटाको संगीत रहेको गीतमा करुणा हमाल र राई नविनको स्वर रहेको छ । गीतको भिडियोमा अभिनेता सुन्दर श्रेष्ठ र अभिनेत्री महिमा सिलवाल फिचरिङ छन् । यो गीतको भिडियोको कोरियोग्राफर विनोद सापकोटा हुन् ।

राजधानीमा फस्टाउँदै गएको गुण्डागर्दीको कथावस्तुमा आधारित यो चलचित्रलाई द्वन्द्व निर्देशक एनवी महर्जनले निर्देशन गरेका हुन् । विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ । कथा मौनत श्रेष्ठको हो ।

दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंह प्रस्तुतकर्ता रहेको चलचित्र ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्