Logo

कोमल ओली एमालेमा प्रवेश हुँदा रेखा थापा खुसिले गद्गद



धनराज वास्तविक : काठमाडौ, ७ असोज । राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल ओली एमालेमा प्रवेश गर्ने पक्का भएको छ । राप्रपा निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल ओली सोमबार एमाले अध्यक्ष केपीशर्मा ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्ने भएकि छन् ।

यता राप्रपा प्रजान्त्रिकमा रहेकी नायिका रेखा थापा कोमली ओली एमालेमा प्रवेश हुने खबरले खुसि भएकि छन् । रिपोर्टर्सनेपालसँगको कुराकानिमा नायिका थापाले भनिन्,‘कोमल दिदी एमालेमा प्रवेश गर्ने खबर तपाईबाटै पहिलो पटक सुन्नपाए साह्रै खुसि छु।’

उनले भनिन्, ‘राप्रपा भित्र कोमल दिदी जस्तो क्षमतावान नारिलाई सोपिसका रुपमा राखिएको मैले महसुस गरेकी थिए,उहाँले बेलैमा निर्णय लिनु भयो, एमालेमा उहाँको क्षमताको कदर हुनेमा म विश्वस्त छु।’

नायिका थापाले अघि थपिन्,‘जनताको सेवामा लगाव र झुकाव भएका नारीहरुलाई सोपिसका रुपमा लिनु हुँदैन, कमल थापा नेतृत्वले हाम्रो उपस्थितिलाई जनता जम्मा गर्ने र माहोल बनाउने गोटिको रुपमा लियो, त्यो नै सबै भन्दा ठुलो दुर्भाग्य भयो, आज पार्टी चक्नाचुर भयो, अर्को तर्फ नेता कार्यकर्ताहरु छिन्नभिन्न भए।’

उनले भनिन्,‘हरेक व्यक्तिमा आफ्नै प्रकारको स्वतन्त्रता हुन्छ, मन लागेको पार्टीमा लागेर काम गर्न पाउने उसको अधिकार हो, बिचारहिन भएर कुनै पार्टीमा रहिरहनु भन्दा बाहिरिनु नै उचित हुन्छ, म त कोमल दिदीको पार्टी परिर्वतनले खुसि भएकी छु, एमाले पार्टीले कुनै पनि रुपमा कोमल ओलीलाई राज्यको माथिल्लो निकायमा लिनेछ, मैले यहि कामना गरेकीछु।

तपाई चाहीँ के गर्नु हुन्छ नि भनेर गरिएको प्रश्नको जवाफमा नायिका थापाले भनिन्,‘म अहिले जहाँ छु ठिक छु, कुनै व्यक्तिले राजनीतिक भविष्य सुरक्षित हुने ठाउँको खोजि गरिरहेकै हुन्छ, तर चलचित्र रुद्रप्रियाको व्यापक तयारीमा छु।

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी ओली रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा संलग्न भइसकेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्