Logo

पुरुषोत्तम र गीताको स्वरमा दशैं गीत सार्वजनिक



काठमाडौं, ८ असोज । दशैं तिहारको पूर्व सन्ध्यामा सर्जक तथा गायकहरु दशै गीत बजारमा पठाउनमा व्यस्त छन् । ओखलढुङ्गे सर्जक तथा गायक पुरुषोत्तम सत्यालले ‘दशैं आयो तिहारै आयो’ बोलको गीत बजारमा ल्याएका छन् ।

एमपि क्रियशनको प्रस्तुति तथा अण थापालको दशैं गीतको शब्द अण थापाकाले रचना गरेका हुन । पुरुषोत्तम सत्याल र गीता ढुंगेलको स्वर रहेको गीतको लय गायक पुरुषोतम सत्यालको रहेको छ ।

स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा तयार पारिएको गीतको भिडियो सुरेश श्रेष्ठले छायांकन गरेका छन् । मधुकर थापा र सिम्रन केसीको अभिनय रहेको गीतको भिडियो दिपक बिष्टले सम्पादन गरेका हुन ।



प्रतिक्रिया दिनुहोस्