Logo

‘रुद्रप्रिया’को नयाँ गीतमा रेखा र आर्यनको प्रेमील मस्ति–भिडियो सहित



काठमाडौं, ८ असोज । वर्षकै बहुप्रतिक्षित नेपाली चलचित्र ‘रुद्रप्रिया’ मा समाहित ‘तिमी बाहेक अरु’ बोलको गीत सार्वजनिक भएको छ । नायिका रेखा थापाले निर्माण गरेको चलचित्र ‘रुद्रप्रिया’मा आउँदो कार्तिक २ गते देशभर एकसाथ प्रदर्शन हुनेछ।

आज मात्रै रिलिज गरेको गीतमा अर्जुन पोखरेलको संगीत, अनुप पौडेल र अन्जु पन्तको स्वर रहेको छ । ;तिमी बाहेक अरु’ बोलको गीत अम्बिका शर्माले रचना गरेकी हुन।

प्रविन सिंहको कोरियोग्राफि रहेको गीत सुदिप वोवी भुपाल सिंहले निर्देशन गरेका हुन । उक्त गीतमा चलचित्रका मुख्य पात्र रेखा थापा र आर्यान सिग्देल फिचरिङ छन् ।

गीतमा नायिका थापा र नायक सिग्देल प्रेमील मस्तिमा उत्रेका छन् । दृश्य हेर्दै जादा मनमा एउटा कहुतुहलताले राज गरिरहेको बेला फरक दृश्य र सन्देश प्रवाह भएको सहज अनुमान गर्न सकिन्छ । जुन दृश्यले कला र साहित्यमा हुनुपर्ने वजनलाई देखाउछ ।

भिडियो हेर्नुस…



प्रतिक्रिया दिनुहोस्