Logo

नेपाल आईडलको अर्को रहस्य बाहिरियो, बुद्ध लामा पहिलो आईडल नभएको दावि



खोटाङ, ८ असोज । भरखरै सम्पन्न भएको नेपाल आईडलको अर्को रहस्य बाहिरिएको छ । आयोजक एपिवानले पोखराका बुद्ध लामालाई पहिलो नेपाल आईडल भनेर प्रचार गरेकोमा विमति प्रकट हुन थालेका छन् ।

२०७० सालमा आयोजित नेपाल आईडलका विजेतालेहरुले यस्तो विमति जनाएका हुन । अर्को तर्फ आयोजकबाट प्रमाणपत्र समेत नपाएको खुलासा गरेका छन् । नेपाल आईडलको आयोजना र पहिलो आईडल २०७० सालमा छानिसेको खुलेको छ ।

२०७० साल साउन २ गते सम्पन्न फ्रेन्चाईजरहित नेपाल आईडलका चौथो स्थान प्राप्त खोटाङका सचिन राईले आयोजक रेडलाईट ईन्टरटेनमेन्ट प्रा।लिले विजेतालाई प्रमाणपत्र समेत नदिएको खुलासा गरेका छन् ।

२०७० सालमा आयोजित नेपाल आईडल प्रतियोगीताका प्रतिष्पर्धीहरुले बुद्ध लामालाई पहिलो नेपाल आईडल भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका छन् । उक्त नेपाल आईडलमा खोटाङकै बिक्रम राई पहिलो, धनकुटाका अमित परियार दोश्रो, बिराटनगरका कृष्ण खवासलाई तेश्रो घोषणा गरिएको थियो ।

प्रथम स्थान प्राप्त बिक्रमलाई एपीवानले असोज १ गते ३ बुँदे सहमती सहित बाईक दिएपछि चौथो स्थान घोषित सचिनले भने हालसम्म प्रमाणपत्र समेत नपाएको बताएका छन् । प्राप्त भोटका आधारमा भन्दा पनि आर्थिक लेनदेनमा विजेता घोषणा गरिएको भन्दै प्रतिष्पर्धीबाटै विरोध भएको थियो ।

टप फाइभमा पर्न सफल अमितले ६७ हजार ७, सचिनले ५२ हजार ४६७, कृष्णले १७ हजार ९६४, झापाकी अस्मिता अधिकारीले १३ हजार ९२८ र बिक्रमले ४ हजार ४३३ अंक ल्याएको भएपनि फाइनल प्रतिष्पर्धामा बिक्रम पहिलो, अमित दोश्रो, कृष्ण तेश्रो, सचिन चौथो तथा अस्मिता पाँचौं भएकी थिईन् ।

‘उसवेला सहभागीको क्षमतालाईभन्दा पनि पैसाको वार्गेनिङमा नेपाल आइडल घोषणा गरियो,’ खोटाङ सुगम स्टारका विजेता सचिनले भने, ‘कार्यक्रम कतिसम्म भद्रगोल थियो भने आयोजकले हामी सहभागीलाई प्रमाणपत्रसम्म दिएको छैन ।’ एपीवानले पहिलो नेपाल आईडल गरेको भनिरहँदा हाल ती सहभागीले भने आफुहरु पहिलो नेपाल आईडलकारुपमा दावी गरिरहेका छन् ।

‘२०६९ बाट सुरु गरेर २०७० साउन २ गते एनटिभी प्लसबाट प्रशारित रियालिटि शो नै नेपालको पहिलो नेपाल आईडल हो,’ सचिनले फेसवुकमा लेखेका छन्, ‘त्यो बेलाको नेपाल आईडलको उप–बिजेता म हुँ तर, यो देश हार्नेहरुको मात्र हो एपीवान सक्नुहुनेछ भने अमित परियारलाई सम्मान गर्नुस् ।’

टप फाईभमा पुगेकालाई ७० प्रतिशत भोट तथा ३० प्रतिशत निर्णायक मण्डलको निर्णायको आधारमा आइडल छनौट गर्ने भनिएको सो प्रतियोगीतामा आर्थिक चलखेल हुन थालेपछि आफुले आयोजकलाई दिएको दुई लाख ३७ हजार रकम फिर्ता लिएको खवासले बताएका थिए ।

२०७० सालको नेपाल आईडल बिक्रमले नेपाल आईडलका विषयमा मुख खोल्ने भनेपछि एपीवानले उनलाई बाईक दिएर एपीवानबाट प्रशारण हुने मनोरञ्जनात्मक कार्यक्रममा एउटा अन्तरवार्ता प्रशारण गर्ने, असोज १ गतेको सम्मान कार्यक्रमको समाचार अन्नपूर्णपोष्टमा प्रकाशन गर्ने र असोज १ गते रेकर्ड गरिएको सम्मान कार्यक्रमका क्लिपहरु प्रशारण गर्ने सम्झौतामा थुमथुमाएको थियो ।



प्रतिक्रिया दिनुहोस्