Logo

केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय



काठमाडौं १० असोज । मन्त्रीको संख्या अत्यधिक भएर जनता आजित बनिरहेका बेला संसदको राज्यव्यवस्था समितिले अब केन्द्र सरकारमा बढीमा १५ वटा मात्रै मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको निर्देशनअनुसार केन्द्र सरकारमा रहेका १६ वटा मन्त्रालय खारेजीमा पर्ने भएका छन् । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय छन् ।

समितिले आइतबार सरकारद्वारा गठित अधिकारसम्पन्न समिति र सहजीकरण समितिका पदाधिकारी तथा सरोकारवालासँग गरेको छलफलपछि संघीय सरकारमा बढीमा १५ वटा मन्त्रालय राख्न सरकारलाई निर्देशन दिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्