Logo

स्थानीय तहका कारण २७ हजार कर्मचारीले तलब नपाउने



काठमाडौं १० असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब बिनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो ।

सरकारले विभागबाट बजेट पठाउँदै आएको तर यस बर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्