Logo

एमालेले बनायो उम्मेदवार छान्ने मापदण्ड



काठमाडौं ११ असोज । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रुप प्रदान गरेको हो ।

बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीनजनाको नाम प्रत्यक्ष निर्वाचनका लागि पेस गर्ने जिम्मेवारी सुम्पिएको छ ।

त्यस्तै असोज १९ र २० मा जिल्ला कमिटीका बैठकले ती नामलाई आफ्नो राय सुझावसहित पठाउनुपर्ने व्यवस्था गरेको छ । असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ ।

प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।

उम्मेदवारका लागि यस्ता छन् मापदण्ड

पार्टीमा सक्रिय, लोकप्रिय
प्रतिष्ठामा आँच नआएको
वागी/विद्रोही नभएको
निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने
पुनः समानुपातिक उम्मेदवार नबनाइने
एकभन्दा बढी उम्मेदवारी दिन रोक



प्रतिक्रिया दिनुहोस्