Logo

तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी



काठमाडौं ११ असोज । दुई नम्बर प्रदेशका तीन स्थानीय तहको अन्तिम चुनावी परिणाम आउन बाँकी छ । पर्साको विरगंज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको नतिजा आउन बाँकी छ ।

पछिल्लो परिणामअनुसार बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मीदेवी राय विजयी हुनुभएको छ । अहिलेसम्म एक सय ३३ तहको नजिता आएकोमा, नेपाली कांग्रेस ३९, संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८ फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् ।

दुई नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्