एमाले अध्यक्ष ओलीले चार बजेदेखि सर्वसाधरणलाई टिका लगाईदिने


काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता, कार्यकर्ता, शुभेच्छुक र सर्वसाधरणलाई आज अपरान्ह चार बजेदेखि सात बजेसम्म दशैं टीका लगाई दिने भएका छन् ।

पार्टी स्थायी समितिको बैठक बिहान परेकाले टीकाका लागि अपरान्ह चार बजेपछिको समय राखिएको हो । अध्यक्ष ओलीको नीजि निवास बालकोटमा टीकाको कार्यक्रम हुने उनको नीजि सचिवालयले जनाएको छ ।