Logo

निश्चल बस्नेतको घोषणा “प्रेम, रोमान्स र सेक्सले नै दर्शकको मन जित्छ” (कुराकानीको भिडियोसहित)



असोज १६, काठमाण्डौ । नेपाली चलचित्रका सर्वाधिक सफल निर्देशक तथा कलाकार निश्चल बस्नेतले पछिल्लो समय नेपाली चलचित्रहरु सफल बन्दै गएको विश्लेषण गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै बस्नेतले नेपाली चलचित्रलाई सफल बनाउन कलाकारको भूमिका महत्वूर्ण हुने भन्दै राम्रा नायिकाको खाँचो रहेको बताए छन् । नायिकालाई हेर्ने दृष्टिकोण राम्रो हुनुपर्ने बस्नेतको तर्क छ । नेपाली चलचित्रलाई दर्शकमाझ राम्रोसँग पस्कन सक्ने हो भने चलचित्रमा प्रेम, रोमान्स, सेक्सको आवश्यकता जरुरी हुने उनको कथन छ । बस्नेतले भने आवश्यकता अनुसार बेडसिन पनि नराम्रो होइन ।
पछिल्लो समय नेपालमा राम्रा चलचित्र बनिरहेकोप्रति सन्तुष्टी जनाउँदै बस्नेतले त्यस्ता चलचित्रले जनताको मन जित्न सफल भएको बताए ।
चलचित्र २ रुपैयाँका निर्माता असिम शाहले नेपाली चलचित्र क्षेत्र फराकिलो बन्दै गएको बताएका छन् । नेपाली दर्शकको मन जित्न मसालेदार चलचित्र बनाउनुपर्नेमा शाहको जोड छ ।
निश्चल बस्नेत र असिम शाहसँगको कुराकानी हेर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्