उपेन्द्रको रोजाई कांग्रेस, यस्तो छ शर्त


काठमाडौं, १७ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो एलायन्समा ल्याउनको लागि कांग्रेस र एमाले–माओवादी केन्द्र दुवै प्रस्ताव गरिरहेका बेला यादवको रोजाई कांग्रेस परेको छ ।

तर अध्यक्ष यादव भने अहिले जो सँगै गएपनि आफूले अघि सारेका शर्तहरु पूरा गर्नुपर्ने पक्षमा देखिएका छन् । उपेन्द्र यादवले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भने,‘अहिले नै सम्झौता मैले कसैसँगै भएको छैन, प्रदेश नम्बर २ मा प्रादेशिक सरकार गठन बनाउन कांग्रेसले समर्थन गरे, म कांग्रेससँग सहकार्य गर्न तयार छु।’

उपेन्द्र यादव प्रदेश नम्बर दुई निर्वाचन सम्पन्न भएसँगै मधेशमा निर्णायक शक्तिको रुपमा देखिएको छ । यो सँगै उनको राजनीतिमा बार्गेनिङ पावर समेत बढेको छ ।