१८ असोज, काठमाण्डौ । वाम एकताको सुत्रधार मानिएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अन्तिम समयमा डा. बाबुराम भट्टराईलाई पनि सामेल गराएर आफ्नो स्वार्थ पूरा गरेका छन् । गोरखा क्षेत्र नम्बर २ मा अबको चुनावमा भट्टराईसँग चुनाव लड्नुपर्ने अवस्थामा पुगेका श्रेष्ठले आफुलाई सुरक्षित बनाएका हुन् ।
त्यसो त बाम एकताको सुत्रधारमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पनि रहेको छन् । विशेषगरी दुई दललाई एक ठाउँमा उभ्याउन श्रेष्ठ र गौतमको महत्वपूर्ण भूमिका रहेको थियो । तर अन्तिम समयमा नयाँ शक्तिका संयोजक भट्टराईलाई पनि एकता प्रक्रियामा ल्याउनका लागि श्रेष्ठले विशष पहल गरेका थिए ।
एकता प्रक्रियालाई सार्थक रुप दिन एमालेका अर्का नेता विष्णु पौडेलले पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिक्रिया