Logo

२ कारणले चल्न सक्छ रेखाको ‘रुद्रप्रिया’



काठमाडौं, १९ असोज । कार्तिक २ गते लक्ष्मीपूजाको दिनबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत चलचित्र ‘रुद्रप्रिया’ दर्शकले रुचाउने कारणको खोजि सुरु भएको छ ।

उक्त चलचित्रमा समावेस गीत–संगीतको प्रचार प्र्रसारले होस यात ८ वर्षपछि एकसाथ पर्दामा देखिने तरखरमा रहेको नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडीकै कारण नै चलचित्र ‘रुद्रप्रिया’को चौतर्फिक चर्चा छ । केही दिन अघिमात्रै सार्वजनिक गरिएको ट्रेलर हरेर दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन्।

सुदिप बबी भूपाल सिंहले निर्देशन रहेको चलचित्रको कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा चलचित्र छायांकन गरेका छन् ।

रेखा फिल्मसको ब्यानरमा निर्माण तथा रेखा थापा प्रस्तुकर्ता रहेको चलचित्र ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

‘रुद्रप्रिया’ चल्न सक्ने दुई कारण

रेखा र आर्यन सिग्देलको जोडी

फिल्मी खबरले अगाढि लेखेको छ, रेखा थापा र आर्यन सिग्देलको जोडी दर्शकले रुचाएको जोडी हो । ‘किस्मतु, ‘हिफाजत’ र ‘कसले चोर्यो मेरो मन’ जस्ता चलचिमा रेखा र आर्यनको जोडीलाई दर्शकले अ्रत्याधिक रुचाएको ईतिहास साँछि छ । दर्शकले रुचाएको यो जोडी झण्डै ८ वर्षपछि रुद्रप्रिया मार्फत फर्किएको छ । रेखा र आर्यनकै कारण ‘रुद्रप्रिया’ चल्ने चलचित्रकर्मीहरुले अनुमान लगाएका छन् ।

रेखा रुप

प्रत्येक चलचित्रमा नायिका रेखा थापाको नयाँ नयाँ रुपको चर्चा हुने गर्छ । यस्तै, ‘रुद्रप्रिया’मा पनि रेखाको रुपको पनि चर्चा छ । पोस्टरमा आधा मुहार ढाकेकी रुद्रप्रिया प्रति कौतुहलता छ कि, उनको आधा मुहार किन ढाकियो्र ? यो सँगै रेखाको भूमिकाप्रति पनि दर्शकहरुको चासो बढ्दै गएको छ । अधिकांश फिल्ममा फिल्महरुमा गुण्डालाई कुट्ने रेखा रुद्रप्रियाको प्रोमोमा भने मौन देखिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्