काठमाडौं, १९ असोज । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नै पार्टीबाट मन्त्री बनेका पर्यटनमन्त्री जितेन्द्र देवलाई मन्त्रीबाट गलहत्याउने तयारी गरेसँगै देव एमाले–माओवादी केन्द्रको गठबन्धनमा प्रवेश गर्ने भएका छन् ।
स्रोत अनुसार देवले एमाले–माओवादी केन्द्रवीचको नयाँ गठबन्धनसँग बढि नै हिमचिम बढाएको भन्दै उनलाई पार्टीबाट र सरकारबाट गलहत्याउने पार्टी अध्यक्ष गच्छदारले तयारी गरेसँगै उनी वाम गठबन्धनमा प्रवेश गर्ने तयारी गरेका छन् ।
देवले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पछिल्लो दिनमा दिनरात आन्तरिक छलफल गरिरहेका छन् । उनलाई पार्टीले गलहत्याउने तयारी गरेको सुईँको थाहा पाएपछि नै उनले प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्पर्क बढाईरहेका छन् । संभवतः उनी आज र भोलिभित्रै नयाँ वाम गठबन्धनमा प्रवेश गर्ने स्रोतको दाबी छ ।




प्रतिक्रिया