काठमाडौं, २० असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ ।
आसन्न प्रदेश र संघीय चुवना नजिकिदै जाँदा ‘अप्रत्याशित’ रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि तत्कालका मोदीले आफ्नो नेपाल भ्रमण स्थगित गर्नुभएको हो । म
ोदी संखुवासभा स्थित अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यासका लागि यही असोज २८ गतेदेखि दुई दिन नेपाल भ्रमणमा आउने तयारीमा हुनुहुन्थ्यो ।
बाम तालमेल पछि बुधबार भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग भेटेका भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायसँग मोदीको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्ने प्रस्ताव स्वराजले गर्नुभएको थियो ।
संसदको अन्तरराष्ट्रिय समितिले छलफलका लागि बोलाए पछि हिजो काठमाडौँ आएका उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमका कारण मोदीको भ्रमण तत्काल नहुने बताउनुभयो ।
तर परराष्ट्रमन्त्रालयका अधिकारीहरुले भने भ्रमण स्थगनबारे आफुहरुलाई कुनै जानकारी नआएको र मन्त्रालय भ्रमणको तयारी गरिरहेको बताएका छन्।
प्रतिक्रिया