Logo

आन्तरिक पर्यटक मनाङ भित्रिए



मनाङ, २० असोज । हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो ।

दशँै बिदाको अवसर पारेर मनाङ घुम्न आउने नेपाली पर्यटक दिनहुँ १०० देखि २०० जनासम्म मनाङ भित्रिने गरेका छन् । गतवर्ष आठ हजार आन्तरिक पर्यटकले भ्रमण गरेकामा यसवर्षको १५ दिनमा करिव सात हजार आन्तरिक पर्यटकले भ्रमाण गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवले बताउनुभयो ।

लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ आउने पर्यटकले रु ४० हजारमा गाडी रिर्जभ गरेर पनि आफ्नो परिवारसँग मनाङ घुम्न आएको पाइएको छ ।

साथी साथी मिलेर वा आफन्तसँग यहाँका प्राकृतिक सौन्दर्य, आग्ला अग्ला हिमशृंखला, हिमताल झरना र विशेष गरेर विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न पनि आन्तरिक पर्यटकको ओहिरो लागेको हो ।

पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा अग्रिम बुकिङ गरेर आउनुपर्ने अवस्था आएको छ । उता तिलिचो बेस क्याममा जम्मा तीनवटा मात्र होटल भएकाले त्यहाँ जाने पर्यटकलाई बस्ने समस्या परेको छ ।



प्रतिक्रिया दिनुहोस्