काठमाडौं, २० असोज । पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
सिलवालले आफू थप राजनीतिको सिकार हुनु नपरोस् भनेर पार्टी प्रवेश गरेको बताएका छन् । झण्डै ३० वर्ष प्रहरी सेवामा बिताएर राजीनामा दिएका सिलवालले राजनीति हस्तक्षेपमुक्त हुन एमाले प्रवेश गरेको बताए ।
प्रतिक्रिया