बैतडी, २१ असोज। आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ ।
प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा तीन स्थानका लागि काँग्रेसमा २८ आकांक्षी देखिएका छन् । प्रत्यक्षतर्फ उम्मेदवारका आकांक्षीमा चतुरबहादुर चन्द, नरबहादुर चन्द, उत्तरबहादुर ऐर, विनयध्वज चन्द र दिनेशप्रसाद भट्ट हुनुहुन्छ ।
यस्तै प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि क्षेत्र नं १ बाट हरिमोहन भण्डारी, सुरेन्द्रसिंह ऐर, लोकराज अवस्थी, विष्णुदत्त जोशी, धनबहादुर बोहरा, दीपेन्द्रबहादुर बम, जनकबहादुर चन्द, कपिल केसी र दीपेन्द्रबहादुर चन्द आकांक्षी हुनुहुन्छ ।
प्रदेशसभा निर्वाचनमा प्रत्यक्षका लागि बैतडी क्षेत्र नं २ बाट देवराज जोशी, पूर्णानन्द लेखक, पुरनचन्द्र लेखक, दमनबहादुर चन्द, तेजबहादुर चन्द, जनकराज भट्ट, गजेन्द्रबहादुर चन्द, ईश्वरदत्त भट्ट, जनक भट्ट, प्रेमबहादुर चन्द, रमेशसिंह भण्डारी, शिवराज भट्ट, हर्कबहादुर चन्द र सुरेन्द्रबहादुर चन्द हुनुहुन्छ ।
नेकपा एमालेले उम्मेदवारका आकांक्षीको नामावली प्रदेश संगठन कमिटीमा सिफारिस गरेको छ । एमाले बैतडीमा पनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि सात जना आकांक्षी देखिएका छन् ।
एमाले बैतडीले प्रतिनिधिसभाका लागि पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी, तत्कालीन जिविस सभापति परमानन्द भट्ट र पदमा खत्रीको नाम सिफारिस गरेको छ । रासस




प्रतिक्रिया