२० असोज, काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निर्माणका लागि बनेको कार्यदलको आजको बैठकले निष्कर्ष निकाल्न सकेन । कार्यदलले गठबन्धन निर्माणको जिम्मा गठबन्धन निर्माण अभियानमा लागेका ६ दलको शीर्ष नेतालाई जिम्मा दिएको छ । अब ६ वटै दललाई चित्त बुझाएर गठबन्धन निर्मायाको जिम्मा शेरबहादुर देउवाको काँधमा पुगेको छ ।
अन्य दलहरु साना भएकाले चुनावी तालमेलका क्रममा कुन दललाई कति सिट दिने भन्ने विषय चुनौति बनेर देखा परेको छ । त्यसैले गठबन्धन निर्माणलाई देउवाले सफल बनाउँछन् वा असफल भन्ने सबैको चासो बनेको छ ।
वाम गठबन्धनपछि दबाबमा परेको कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणको अभियान सुरु गरेको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागि हुन चाहेका ६ वटै दलले चुनावी तालमेमा सम्मानजनक स्थन खोजेकाले कांग्रेस अप्ठ्यारोमा छ ।
६ दललाई चित्त बुझाउन नसके गठबन्धन बन्न नसक्ने र गठबन्धन बन्न नसके वाम गठबन्धनसामु निरिह बन्ने अवस्था छ । त्यसैले पनि देउवा जसरी पनि गठबन्धन निर्माण गर्ने पक्षमा छन् ।
तर कार्यदलले कुनै निर्णय गर्न नसकेपछि बल देउवाको खुट्टामा पुगेको छ । अब उनले गोल गर्छन वा मिस, त्यो हेर्न बाँकी नै छ ।




प्रतिक्रिया