Logo

उपल्लोफाँट युवा क्लबको पहिलो बैठक सम्पन्न, दर्ता प्रक्रिया तत्काल अघि बढाइने



असोज २३, काठमाण्डौ । तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नम्बर १ स्थित उपल्लोफाँटमा गठन गरिएको श्री उपल्लोफाँट युवा क्लबको तदर्थ समितिको पहिलो बठैक सम्पन्न भएको छ । तदर्थ समितिका अध्यक्ष सुदिप पोख्रेलको अध्यक्षतामा शनिवार बसेको बैठकले क्लब गठन र दर्ता प्रक्रियाका बारेमा छलफल गरेको छ ।
क्लब गठनलाई औपचारिक रुप दिनका लागि तत्काल दर्ता प्रक्रियामा लैजाने निर्णय गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । दर्ता प्रक्रियाका लागि कार्यसमितिमा रहेका सबै पदाधिकारी र सदस्यहरुको आवश्यक कागजपत्र संकलनको जिम्मा क्लबका सचिव हेमबहादुर रानालाई दिइएको छ । अध्यक्ष पोख्रेलले बताए ।
बैठकले क्लबको लोगोको विषयमासमेत छलफल गरेर कस्तो लोगो बनाउने भन्ने विषयमा निर्णय गरेको छ । अध्यक्ष पोख्रेलले दिएको जानकारी अनुसार नेपालको नक्सा भित्र दुई हात राखी एक छेउमा कापी कलमको संकेत र अर्को छेउमा बलको चित्र समावेश गरिनेछ ।
दर्ता प्रक्रियाका लागि आवश्यक खर्च समितिभित्रैबाट संकलन गर्ने निर्णयसमेत गरिएको छ ।
दशैँको अवसरमा समाजसेवा गर्ने उद्देश्यले क्लबको गठन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्