Logo

सात लाख भेटी संकलन



पाल्पा, २३ असोज । पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा दशैँको अवधिमा रु सात लाख भेटी संकलन भएको छ ।पाल्पाको प्रसिद्ध सेनकालीन भैरव मन्दिरमा पूजा गर्ने भक्तजनले चढाएको भेटी र अन्यबाट गरी रु सात लाख संकलन भएको हो ।

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिरमा कुखुरा, बोका रागोलगायतका बली चढाउँदा केही शुल्क तिर्नुपर्ने व्यवस्था छ । कुखुरा, बोका र रागोको टाउको बिक्रीबाट समेत मन्दिरको आम्दानी हुने गर्दछ ।

दैनिक रु ५०० देखि १० हजारसम्म मन्दिरमा आम्दानी हुने व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र नेपालले बताउनुभयो । तानसेन हार्थोक सडकखण्डअन्तर्गत भैरवस्थानमा दशैँको अवधिमा ४० हजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको अध्यक्ष नेपालको भनाइ छ ।

यस मन्दिरमा पूजा तथा पञ्चबलि चढाउन पाल्पा, गुल्मी, स्याङ्गजा, पर्वत, रुपन्देही, नवलपरासी, पोखरा, काठमाडौँ आउने गर्दछन् । गत वर्ष मन्दिरमा रु ३५ लाख आम्दानी भएको थियो । यस मन्दिरमा झण्डै १० देखि १५ जनाले रोजगारी पाएको छन् । मन्दिरमा रोट, पञ्चबलि चढाउने व्यवस्था चलन रहेको स्थानीय बासिन्दाको भनाइ छ ।रासस



प्रतिक्रिया दिनुहोस्