Logo

चिकित्सा विधेयकमा सहमति जुटेन



काठमाडौँ, २७ असोज : संसद्मा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न सकेन ।

व्यवस्थापिका–संसद्को आजको बैठकअघि सभामुख ओनसरी घर्तीले दलबीच सहमतिका लागि प्रयास गरे पनि सहमति नभएपछि सो विधेयक कार्यसूचीमा आउन आउन सकेन । संसद्को कार्यकाल सकिन दुई दिन मात्र बाँकी भएको र कार्यसूचीसहितको औपचारिक बैठक सम्भवतः आजै सकिने भएकाले उक्त विधेयक थन्किने देखिएको छ ।

प्रा डा गोविन्द केसी माथेमा आयोगको प्रतिवेदनअनुसार विधेयक पारित हुनुपर्ने माग राखी १३औँ पटक अनशनमा रहनुभएको छ ।(रासस)



प्रतिक्रिया दिनुहोस्