Logo

लोक संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय सम्मेलन



नवलपरासी, २८ असोज (रासस) : नेपालमा लोक संस्कृतिको जगेर्ना गर्नका लागि नवलपरासीमा लोक वार्ता परिषद् नेपालको आयोजनामा राष्ट्रिय सम्मेलन गरिएको छ ।
पवित्र धार्मिकस्थल त्रिवेणी धाममा शुक्रबार सम्पन्न भएको सो सम्मेलनमा विभिन्न लोक संस्कृतिसँग सम्बन्धित १६ वटा कार्यपत्र प्रस्तृत गरिएको थियो । विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र लोक संस्कृतिसँग सम्बन्धित स्थानको अवलोकन गरी कार्यपत्रमा प्रस्तृत गरिएको हो ।

सम्मेलनमा संस्कृतिसम्बन्धी कार्यपत्र दिव्यशामेरी जोशी, भोजपुरी भाषा र संस्कृतिसम्बन्धी कार्यपत्र सत्यदेव पाण्डे र लोक गीतको बिम्बको प्रयोग बारेको कार्यपत्र संगीता पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी सम्मेलनमा थारु सोरठीसम्बन्धी कार्यपत्र अशोक थारु, लिम्बू जातिमा बन्दुकको महत्वका बारे कार्यपत्र मरिसा याङ्फुम्बा, नेपाली लोक विश्वासमा मोहनी र टुनामुनाको महत्वका बारेको कार्यपत्र शीतल गिरीले प्रस्तुत गर्नुभएको थियो ।

नवलपरासी सत्र लोक वार्ता परिषद् नेपाल अध्यक्ष प्राध्यापक डा प्रेमकुमार खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो । कपिलवस्तु रुपन्देही र नवलपरासी सत्र त्रिवेणी धाममा नवलपरासी सप्ताह सञ्चालन भएको हो ।



प्रतिक्रिया दिनुहोस्