Logo

बालविवाह रोके बोको बलि दिने धम्की



काठमाडौं २९ असोज । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन् ।

गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले बताइन् । उनले बोकाको बलि दिन्छौ भन्ने कुराले आफूहरुलाई सताएको सुनाइन । यस्तै बालविवाह न्यूनिकरण अभियानमा लागेका किशोरीहरुलाई मन्दिरमा बोकाको बलि दिई घात गर्छु भनी गाउँलेहरुले धम्काउने गरेको मेलौली गाउँपालिका–२ सलेनाकी कुन्ती भट्ट भनाइ छ । -राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्