Logo

‘शासन र विकास’ नामक पुस्तक प्रकाशित



नवलपरासी, २९ असोज । नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले ‘शासन र विकास’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ ।

लोकसेवा आयोगद्वारा लिइने सहसचिवस्तरको परीक्षालाई लक्षित गरी रानामगरले शासन र विकास नामक पुस्तकको पहिलो संस्करण पैरवी प्रकाशनमार्फत बजारमा ल्याउनुभएको हो ।

सो पुस्तकमा सहसचिवस्तरको परीक्षालाई मात्र नभई अन्य सेवा र तहको प्रतिस्पर्धात्मक परीक्षाका लागिसमेत उपयोगी हुने विषयवस्तुहरु समावेश छ ।

पुस्तकमा शासन व्यवस्था, संवैधानिक अधिकार र यसको प्रयोग, प्रशासन र व्यवस्थापन, सार्वजनिक नीति निर्माण, प्रक्रिया तथा सवालहरु र विकासका समसामयिक विषयहरु समेटिएको ३३ मूल शीर्षकअन्तर्गतका ५० भन्दा बढी लेख समावेश छन् ।

यसमा परीक्षामा सफलता पाउन अपनाउनु गर्नुपर्ने तयारीका केही टिप्ससमेत समावेश गरिएको छ । लोकसेवा आयोगले गत वर्ष मात्र पाठ्यक्रम परिमार्जन गरेको हुँदा उक्त नयाँ पाठ्यक्रमलाई आधार मानेर परीक्षा सहयोगी पुस्तक प्रकाशित नभइरहेको सन्दर्भमा परीक्षार्थीका लागि यो पुस्तक सहयोगी हुने देखिन्छ ।

रानाले यसअगावै यसभन्दा पहिले लोकसेवा आयोगद्वारा लिइने उपसचिव तथा सहसचिवस्तरको परीक्षालाई नै लक्षित गरी ‘सार्वजनिक व्यवस्थापन’ नामक पुस्तक पहिलो र दोस्रो अंक प्रकाशन गरिसक्नुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot