कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्छ : कांग्रेस नेता ढुण्डिराज शास्त्री


२९ असोज, काठमाडौँ । नेपाली कांग्रेसका अग्रज नेता ढुण्डिराज शास्त्रीले कांग्रेसलाई सुदृढिकरण गरेर लानु पर्नेमा जोड दिएका छन् ।
शनिबार अर्घाखाँची काठमाडौँ सम्पर्क समितिको प्रथम भेलाका अवसरमा शास्त्रीले नेपालको राजनीतिक परिर्वतनमा कांग्रेसले नेतृत्व गरेको स्मरण गराउदै पछिल्ला दिनमा कांग्रेसले सहिमार्ग पहिल्याउन नसकेको गुनासो व्यक्त गरे । उनले नातावाद, कृपावाद र आर्थिक प्रलोभनबाट पार्टी माथि उठ्न सकेमात्र सच्चा कार्यकर्ताहरुको सम्मान हुने कुरामा जोडदिए ।

नेपाली कांग्रेसमा अहिले देखिएको बाम गठबन्धनले आउँदो निर्वाचनमा त्यति ठूलो प्रभाव नपार्ने समेत तर्क गरे ।
नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसालले कांग्रेसले एक अर्कालाई कमजोर बनाउन तिर नलागि एकताबद्ध भएर अगाडि बढे आउँदो चुनावमा बहुमत आउने दाबी गरे । उनले भने प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेका जनताले कम्युनिष्टहरुको अधिनायकवादलाई अवश्य स्विकार्ने छैनन् ।
नेता डा. रामबहादुर बिसिले पार्टी भित्रको अन्तर घातको अन्त्य नभएसम्म कांग्रेस अगाडि बढ्न नसक्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल ‘मुस्कान’ले पार्टी निर्देशन भन्दा बाहिर गएर कसैले काम गर्छ भने तत्काल कारबाहि गर्ने बताउदै कांग्रेसलाई सफल बनाउन चुनावमा सबै एक भएर जानु पर्नेमा जोड्दिए ।
त्यस्तै पार्टी पूर्व सभापति तथा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले चुनावी दौडानमा आफुले भोगेका पिडाहरु सुनाउदै अबका दिनहरुमा कांग्रेसहरुले आफ्ना कमि कमजोरीहरुलाई नसुधारेसम्म पार्टी बिलियो हुन नसक्ने ठोकुवा गरे ।
कार्यक्रममा तरुणदलका कोषाध्यक्ष बिद्धान गुरुङले नेपाल तरुण दल बि.स.२०१० सालमा सिंहध्वज खड्काको संयोजकमा स्थापना भई २०५४ सालमा नेता बालकृष्ण खाँडको नेतृत्वमा पुनस्थापना भएको बताए । उनले पार्टीको बिरुद्धमा नचाहिदाकुराहरु गर्ने र बागी उम्मेदवार उठ्ने जो कोहिलाई पनि ठाउँको ठाउँ कारबाहि गर्नुपर्ने बताए ।

कांग्रेसलाई मजबुद बनाउने मुख्य जिम्मेवार तरुणको भएकोले पनि यसमा अगाडि बढ्न युवाहरुलाई निर्देशन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी महिला नेतृ निर्मला क्षेत्रीले महिलाहरुलाई पार्टीले सम्मानजनक व्यवहार गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिईन् ।

उनले युवाहरु बिदेशिएको र गाउँघरमा महिलाहरुको सख्या बढि भएको बताए । नेपाली कांग्रेस जस्तो ठूलो र जिम्मेवार पार्टीले महिलालाई राजनीतिक रुपमा माथि उठाउनका निमित्त बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने बताईन् । नेतृ क्षेत्रीले महिला राज्यको जुनसुकै जिम्मेवारी लिन महिला सक्षम रहेको समेत बताईन् । त्यस्तै महासमिती सदस्य केशव श्रेष्ठले अबको नेतृत्वमा कामको मुल्याङ्कन गरेर युवाहरुलाई अगाडि बढाउनु पर्ने बताए ।

नेविसंघका केन्द्रिय सदस्य टंक पण्डेले परिवर्तनको संबाहक बिद्यार्थी भएकोले आगामी चुनाव कांग्रेसलाई पहिलो स्थानमा ल्याउनको निमित्त अग्रपंतिको रुपमा लाग्ने बताए । कार्यक्रम नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, नेपाल तरुण दलका महाधिवेशन प्रतिनिधि कपिल पोखरेलको स्वागत मन्तव्य र यदु पोखरेलको संचालनमा भएको थियो ।
यस्तै उक्त भेलाले अर्जुन पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नेपाल तरुण दल अर्घखाँची –काठमाडौँ सम्पर्क समिति गठन गरेको छ ।

Skip This

Omoda E5 Pro