Logo

शेष घले भन्छन्, “अष्ट्रेलियन नागरिकता लिइसकेको छु, नेपालमा लगानी गर्नुपर्छ भन्ने जरुरी छैन”



३० असोज, काठमाण्डौ । गैर आवासीय नेपाली सघका अध्यक्ष शेष घलेले संघको लक्ष्य प्राप्तिका दृष्टीकोणले निकै कमजोर रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै घलेले खुशी र उल्लासका साथ हामी धेरै विस्तार भइसक्यौँ भन्नुभन्दा आफ्ना कमजोरीहरुलाई स्विकार गर्नुपर्ने बताए ।

“अहिलेसम्म कति उपलब्धि हासिल ग¥यौँ, त्यसमा टेकेर अगाढि बढ्नुपर्ने बेला आएको छ ।” घलेले भने । आफ्नो ४ वर्षे कार्यकालमा केही गर्न नसकेको भन्ने आरोपप्रति उनले एनआरएनले नै देशका लागि सबै गरिदिन्छ भन्ने सोच भएकाले आलोचना हुने गरेको तर्क गरे । “एनआरएन समुदायबाट नै देशलाई केही गर्न सक्छ भन्ने आशा राख्नु गलत सन्देश हो । मैले यो सन्देश हटाउनका लागि धेरै प्रयत्न गरेँ । हाम्रो क्षमता सिमित छ ।” घलेले भने ।

भविष्यमा एनआएनबाट धेरै आशा गर्न सकिए पनि अहिलेको परिस्थितीमा सयौँ मेघावाटको जलविद्युत् बनाउने र सयौँ मिलियन लगानी गर्न सक्छु भन्नु मुर्खता भएको उनको तर्क छ ।
विदेशमा बसेर पैसा कमाउँदैमा नेपालमा लगानी गर्नुपर्छ भन्ने बाध्यता नभएको भन्दै घलेले भने, “म अष्ट्रेलियाबासी हुँ । अष्ट्रेलियन नागरिकता लिइसकेको छु, मैले नेपालमा लगानी गर्नुपर्छ भन्ने जरुरी केही छैन । तर भावनाले हामी यहाँ आएका छौँ ।”

नेपालमा अझै पनि लगानीमैत्री वातावरण नभएको भन्दै घलेले नेपालको कर्मचारीतन्त्र सुधार हुन नसकेको आरोप लगाए । ३० वर्ष अगाडिको पद्धति अहिले पनि परिवर्तन नभएको उनको भनाई छ ।
नेपालको विकासमा बाधा हुनुको प्रमुख कारण पुरानै शैलीको कर्मचारीतन्त्र भएको उनको ठहर छ । पारदर्शी तरिकाले व्यापार गर्ने व्यक्ति नेपालमा आउने वातावरण नभएको घलेको दाबी छ ।

आफ्नो पहिलो कार्यकालमा गरेको अध्ययनबाट नौ वटा जिल्लामा मात्रै ३० अर्व लगानी गरेको तथ्य फेला परेको जानकारी घलेले दिए । तर मुख्य लगानीकर्ताहरुले लगानीको सबै विवरण दिन हिचकिचाएकाले यकिन तथ्याङ्क नआएको र ३० अर्बभन्दा बढि लगानी भएको घलेले बताए ।
आफ्नो विवेकले भ्याएसम्म स्वार्थबिना नेपालका लागि काम गरेको दाबी घलेको छ ।

संंघमा अहिले दर्ता भएका सदस्य ३० हजारबाट बढेर ७० हजार पुगेको घलेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्