Logo

जमुना गुरुङलाई भारी मत अन्तरले पराजित गर्दै भवन भट्टले कब्जा गरे एनआएनए



३१ असोज, काठमाण्डौ । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी बिजयी भएका छन् ।

सोमबार सम्पन्न निर्वाचनबाट निवर्तमान उपाध्यक्ष भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे ।
काठमाडौँमा जारी आठौँ सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मतअन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् ।

सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् ।

महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।
अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।

निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् ।

एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो ।
भट्टको कार्यकाल दुई वर्षको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्