३१ असोज, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले नेपाली कांग्रेससँग चुनावी तालमेलको चर्चा चले पनि अन्तिम टुङ्गो लाग्न नसकेको बताएका छन् । चुनाव नजिकै आइसकेकाले केही दिनभित्र नै तालमेलको टुङ्गो लगाउनुपर्नेमा झाले जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै झाले २,३ दिनभित्रमा कहाँ कसरी तालमेल गर्ने भन्ने विषयको टुङ्गो लगाउनुपर्ने बताए ।
समानुपातिक उम्मेदवारको नाम तयार गर्नु परेकाले केही दिन तालमेल प्रक्रियाले गति लिन नसकेको जानकारी दिदै नेता झाले आजैदेखि तालमेलबारे छलफल सुरु हुने बताए । संघीय समाजवादी फोरमसँग पनि सैद्धान्तिक सहमति मात्रै भएको झाले बताए ।
नेपाली कांग्रेससँगको गठबन्धन नै अहिलेको सबैभन्दा उत्तम गठबन्धन हुने भन्दै झाले लोकतान्त्रिक गठबन्धनको पक्षमा आफुहरु रहेको बताए । राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम, राजपा र कांग्रेसबिचको गठबन्धन नै भए पनि आफ्नो दललाई कुनै आपत्ति नहुने तर्क नेता झाले गरेका छन् ।
प्रतिक्रिया