काठमाडौं ३१ असोज । यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाईको छ । यसै क्रममा काग तिहारको अवसर पारेर रमेश दुलाल ‘कागे’ले काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् ।
प्रत्येक बर्ष काग तिहारको दिनमा काग सम्मेलन गर्दै आएको दुलालको यो १४ औं काग सम्मेलन भएको जानकारी दिएका छन् । दुलालले दुई बर्षअघि नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए ।
दुललाले १७० भन्दा बढि जिवजन्तुको आवाज निकाल्न सक्छन् । आजदेखि सुरु भएको तिहार कार्तिक ४ गते भाई टिकाको दिनसम्म चल्नेछ ।
तस्बिर मुकुन्द कालिकोटे





प्रतिक्रिया