काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले कमल थापालाई उप–प्रधान तथा गृह मन्त्रालय दिने तयारी थालेका छन् ।
माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजीनामा दिने निर्णय गरेसँगै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यस्तो तयारी थालेको एक उच्च स्रोतले जानकारी दिएको छ ।
त्यस्तै हिजोमात्रै काँग्रेससँग एकता भएको नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उप–प्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने गृहकार्य भैरहेको बुझिएको छ ।
प्रतिक्रिया